

हेटौंडा । हेटौंडाका युवा एग्रिटेक उद्यमी तथा हिमालय कृषिका संस्थापक अभिषेक अधिकारी विश्व चर्चित ओपन सोर्स परियोजना Antigravity Awesome Skills का आधिकारिक शीर्ष १० योगदानकर्तामध्ये सूचीकृत भएका छन् ।
विश्वभर ४० हजारभन्दा बढी प्रयोगकर्ता रहेको उक्त परियोजनामा सयौं प्रविधिकर्मी सहभागी रहेकामा अधिकारीले ११ वटा कमिटमार्फत ३ हजार ७ सयभन्दा बढी लाइन कोड तथा सामग्री योगदान गरेका छन् । उनको योगदानले परियोजनाको ज्ञान भण्डारलाई थप समृद्ध बनाएको बताइएको छ ।

SEO लेखन, LinkedIn प्रोफाइल सुधार, वेबसाइट इन्डेक्सिङ समस्या समाधान तथा डिजिटल सामग्री निर्माणसँग सम्बन्धित उपयोगी स्रोतहरू समेटिएको यस परियोजनामा नेपालको प्रतिनिधित्व गर्दै शीर्ष १० मा स्थान बनाउनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
एक दशकभन्दा बढी समयदेखि कृषि र डिजिटल प्रविधिको क्षेत्रमा सक्रिय अधिकारीको यो सफलताले नेपाली युवाहरू अन्तर्राष्ट्रिय प्रविधि समुदायमा समेत प्रतिस्पर्धी र सक्षम रहेको पुष्टि गरेको छ ।
