हेटौंडामा १५ दिने ‘लिटिल क्याम्प’ आयोजना हुँदै

खबरदाता

विद्यालयको बार्षिक परीक्षा सकिएसङ्गै बालबालिकाको समग्र विकासलाई लक्षित गर्दै कोलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लि.ले हेटौंडामा १५ दिने ‘लिटिल क्याम्प’ आयोजना गर्ने भएको छ । आधुनिक जीवनशैलीका कारण घट्दो सिर्जनात्मक अभ्यास र सामाजिक अन्तरक्रियालाई मध्यनजर गर्दै बालबालिकालाई व्यवहारिक, सिर्जनात्मक तथा आत्मविश्वासी बनाउन क्याम्प सञ्चालन गर्न लागिएको हो ।

क्याम्पमा हस्तकला, चित्रकला, गायन, नृत्य, फेसन प्रस्तुति तथा ट्राफिक नियम सम्बन्धी सचेतना जस्ता गतिविधिहरू समावेश गरिने छन् । साथै खेलकुद, समूहगत अभ्यास र प्रेरणामूलक कार्यक्रममार्फत नेतृत्व क्षमता, अनुशासन र सहकार्यको भावना विकास गराइने आयोजकले जनाएको छ ।

क्याम्प सञ्चालनमा कलिउड सुपर डान्स एण्ड कलाकेन्द्रका सञ्चालक तथा डान्स प्रशिक्षक बिजय स्यान्तान र रुपा स्याङ्तान लगायतको विशेष भूमिका रहनेछ ।

नारायणी मलस्थित तेस्रो तल्लामा सञ्चालन हुने क्याम्प चैत्र २४ गते देखि दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । ५ देखि १५ वर्षसम्मका बालबालिकाका लागि उपयुक्त क्याम्पको शुल्क १० हजार रुपैयाँ तोकिएको छ ।

सीमित सिट भएकाले इच्छुक अभिभावकलाई समयमै आफ्ना बालबालिकाको नाम दर्ता गराउन आयोजकले अनुरोध गरेको छ ।

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *