
राक्सिराङ ।
नेपालका चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते न्वागी (छोनाम) पर्व मनाउने गर्छन् । यस अवसरमा अवसरमा चेपाङ झाँक्री (पान्दे)हरु ढ्याङ्ग्रो ठोकेर फलाक्दै छन् । सिमान्तकृत समुदायका रुपमा रहेका चेपाङले चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा जम्मा भएर सामूहिक रुपमा न्वागी मनाएका छन् ।

यसवर्ष न्वागीको अवसरमा राक्सिराङ गाउँपालिकाले पालिकामा ३ दिन सार्वजनिक बिदा दिएको थियो । बागमती प्रदेश सरकारले मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिएको थियो ।

