
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालयमा जेन्जी समूहले आगजनीजन्य गरेपछि तत्काल नियमित कामकाज सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ।
हेटौँडा–१५ का सत्तारूढ दल, वडा समन्वय समिति तथा जनप्रतिनिधिको संयुक्त बैठकले सरकारी भवनभित्र रहेको स्वास्थ्य चौकी भोर्लेबाट अस्थायी रुपमा वडा कार्यालयको सेवा दिने निर्णय भएको हो ।

वडा अध्यक्ष सुनील मोक्तानले भने, ‘वडावासीको हितलाई प्राथमिकता दिँदै हामीले तत्कालीन व्यवस्थाको रूपमा भोर्लेबाट कामकाज सञ्चालन गर्ने निर्णय गरेका छौँ। वडाको नागरिकलाई सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने हाम्रो उद्देश्य हो। हामी जनताको पहिलो सरकार भएकाले जनतालाई सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो ।’
त्यस्तै, बैठकमा सहभागी जनप्रतिनिधिहरूले पनि अस्थायी व्यवस्थाबाट सहजतापूर्वक सेवा प्रवाह गर्न सम्पूर्ण वडावासीको सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यालयले वडावासीका कामकाज हाललाई स्वास्थ्य चौकी भोर्लेमै हुने र सबै सेवा–सुविधा अस्थायी रुपमा सोही स्थानबाट निरन्तर उपलब्ध गराइने स्पष्ट पारेको छ।

