हेटौंडामा ‘फ्लोरा एण्ड भाइन्स’ को भव्य शुभारम्भ

खबरदाता

हेटौंडा-४, खोपे गल्लीमा अवस्थित ‘फ्लोरा एण्ड भाइन्स’ नामक पसलको बुधबार एक समारोहबीच भव्य उद्घाटन गरिएको छ । बुधबार बिहान ७ बजे आयोजित कार्यक्रममा स्थानीय व्यवसायी, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

पसलकी प्रोपाइटर रुकु भट्टराइले व्यवसायलाई नयाँ ढंगले अगाडि बढाउने उद्देश्यसहित ‘फ्लोरा एण्ड भाइन्स’ सञ्चालनमा ल्याएको बताइन् । उनले गुणस्तरीय सेवा र आकर्षक सजावटमार्फत ग्राहकको मन जित्ने लक्ष्य रहेको पनि उल्लेख गरिन् ।

उद्घाटन कार्यक्रममा सहभागीहरूले हेटौंडामा यस्ता सृजनात्मक र सौन्दर्यसम्बन्धी व्यवसायको सुरुवातले बजारलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका थिए ।

महिलाहरुको पहिरन, गहना तथा सजावटसम्बन्धी विभिन्न सेवा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको उक्त पसलले स्थानीय ग्राहकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ । पसलले आगामी दिनमा अझ विविध सेवा विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ ।

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *